logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रोल्पाको माडीमा टावर ध्वस्त गिरफ्तारीको बदला हुन सक्ने जनताको भनाइ


  • राजनीति
  • शुक्रबार, साउन १७ २०७६

पछिल्लो समय श्रावण १५ गते रातको समयमा मुलुकभर रहेका झन्डै ५० भन्दा बढी एनसेल टावर आक्रमणको निसाना बनेका छन । सोहि क्रममा रोल्पाका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको छ । रोल्पाको माडी गाउपालिकामा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा बम प्रहारको कारण आगलागी भएर ध्वस्त भएको बुझिएको छ ।

माडी गाउपालिकामा केहि महिना अगाडी नेकपा ४ जना कार्यकर्तालाइ अपहरणको शैलीमा प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपाले प्रतिरोध गर्ने घोषणा गरेको थियो । एनसेल टावरको कार्वाही नेकपाको केन्द्रिय निति भए पनि कहा के गर्ने भन्ने जिम्मेवारी सम्बन्धित जिल्लाले ठोस गरेको हुन सक्ने अनुमान गरिएको छ । रोल्पाले माडी गाउपालिका नै छनौट गर्नुलाइ कार्यकर्ता गिरफ्तारीको एक स्तरको चेतावनी मुलक प्रतिरोध हुन सक्ने स्थानियहरुको भनाइरहेको  छ ।

आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको एनसेलले बताएको छ । घटनाको बारेमा प्रशासनले अध्ययन भइरहेको स्रोतले जनाएको छ ।

देशैभरका एनसेल टावर माथिको आक्रमणको जिम्मा कसैले नलिएको भएता पनि प्रशासनले भने विप्लव नेतृत्वको नेकपाले गरेको हुन सक्ने अनुमान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार