logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राष्ट्रपति भण्डारीको डिनर पोलिटिक्स ! किन बोलाए प्रचण्डलाई डिनरमा ?

पछिल्लो राजनीति गतिरोध फुकाउन प्रचण्ड र राष्ट्रपति भण्डारी पटक पटक भेट


  • राजनीति
  • शनिबार, पुष २९ २०७४

काठमाडौं -शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिएकी छिन् ।

राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता  भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए।

डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बने ।

दिउँसो म्याग्दीको कार्यक्रम सहभागी भएर साँझ प्रचण्ड काठमाडौं फर्केका थिए । त्यसलगत्तै उनी परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए।

बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो।

पछिल्लो राजनीति गतिरोध फुकाउन प्रचण्डले पटक पटक राष्ट्रपति भण्डारीसँग भेट गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार