राजनीति
तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेकपाका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले गयराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् ।उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
यता नेकपा तनहुँ जिल्ला पाटीले केही दिन देखी बिरामीका कारण घरमा आराम गरिरहेका गणेश थापालाई अर्का सदस्य रानलाई प्रकाउ गरेको भन्दै आपत्ती जनाएका छन।