logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माइला लामालाइ जेल भित्रै यस्तो ब्यवहार , पत्नी मनु आक्रोशित हुदै भनिन् …


  • राजनीति
  • सोमबार, साउन २० २०७६

चर्चित जनवादी कलाकार तथा नेकपा केन्द्रीय सदस्य, उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार जेल चलान गरेपछी केपी ओली-प्रचण्ड नेतृत्व सरकारको व्यापक आलोचना भइरहेको छ । राजनीतिक आस्थाकै कारण जनताका प्रिय कलाकारलाई माइला लामालाई गिरफ्तार गरिएकोमा निन्दा भैरहेको छ । तर राज्यले भने जेल भित्र प्राप्त गर्ने आम बन्दीको जत्तिको पनि सुबिधा खोसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । राजनीतिक आस्थाका कारण जेल हिरासत पर्नेलाइ राजबन्दीको सेवा सुबिधा र सम्मान हुनुपर्नेमा लामालाइ भने छोराछोरी र आफन्तले समेत भेट्न नदिएको लामा पत्नीको स्टाटसले प्रस्टै पारेको छ ।

माइला लामालाई भेट्न गएका आफन्तलाई ‘माथिको आदेश’ भन्दै भेटघाट गर्न नदिईएको पारिवारले जनाएको छ । पत्नि मनु तामाङले सामाजिक सञ्जाल फेसबुकमा आइतवार राति १०ः४२ बजे एउटा र्मािक स्टाटस राख्दै माइला लामासँग भेट्न गएका आफन्तलाई समेत माथिको आदेश भन्दै भेट्न नदिएको बताएकी छन् ।

श्रावण १९ गते आइतवार छोरी तथा आफन्तहरु नेता लामालाई भेटन गएका थिए । तर छोरीलाई समेत भेट्न नदिएर जेलको गेटबाटै फर्काएपछि उनले राति आज यिनले आफ्नो बाबालाई भेट्न माथीको आदेश कुर्न पर्ने? भन्दै फेसबुकमार्फत सरकारसँग प्रश्न गरेकी छिन् ।

उनले आक्रोस मिश्रीत शब्दमा भावुक रुपमा लेखेकी छिन्, ‘ यिनका के दोष थिए र प्रचण्ड महोदय ! आज यिनले आफ्नो बाबालाई भेट्न माथीको आदेश कुर्न पर्ने? के बन्द पर्खाल भित्र यिनले आफ्नो बाबालाई बम र गोली पुराउलान् र? वाह….. प्रचण्ड ! तिम्रो गणतन्त्र !’

बाबा भेट्न गएकी छोरीलाई समेत माथिको आदेश छ, भेट्न मिल्दैन भनेर फर्काएको भन्दै मनुले आक्रोश पोखिन् । घन्टौसम्म कुराएर पालो आएपछि माइला लामालाई श्रीमती बाहेक कसैलाई भेट्न नदिनु भनेर माथिको आदेश आएको छ भेट्न मिल्दैन भनेर छोरीलाई समेत फर्काइदिएको बताएकी छ्न ।

नेता लामालाई भेट्न गएका अर्का आफन्तले पनि फेसबुकमा स्टाटस पोस्ट गर्दै नख्खु कारागारको आजको घटनाले ०५२ साललाई सम्झाईदिएको जनाएका छन् । कारागार गएर फकिएपछि रक्तिम लामाले यस्तो स्टाटस राखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार