logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डले कमललाई भने तानाशाहको चाकरी गर्नेहरु बकबक नगर,पूर्वराजालाई नागार्जुनबाट निकाल्ने


  • राजनीति
  • सोमबार, साउन २० २०७६

पोखरा- पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् ।

शनिबार काठमाडौमा भएको एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने धारण राखेको भोलिपल्ट प्रचण्डले कमल थापाप्रति इंगीत गर्दै भने ‘जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेका छन् ।’

माहाराजाका केही दासहरुले व्यवस्था नै फेर्ने भन्दै बकबक गरिरहेको भन्दै प्रचण्डले चेतावनीको भाषामा भने ‘महाराजका दासहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटनको क्रममा आइतबार प्रचण्डले उक्त अभिब्यक्ति दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार