logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका घाइते कार्यकर्ता अस्पताल बाटै गिरफ्तार


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

धनगढी : धनगढीमा साउन २ गते देखी अस्पतालमा उपचार गरिरहेका  घाइते लक्ष्मण सेरेलालाई प्रहरीले मंगलबार अस्पतालबाट हिरासतमा लिएको छ।

धनगढीको शहीद गेट नजिक  बम विष्फो*ट परी घाइते भएका सेरेलालाई प्रहरीले अस्पतालबाट हिरासतमा लिएको हो ।

सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाका राम सिंह र लक्ष्मण सेरेलाले बम विष्फो*टमा परेका थिए । विष्फोटमा घाइते राम सिंहको घटनाकै राति उपचारको क्रममा ज्या*न गएको थियो। सेरेलाको राम सिंह माया मेट्रो अस्पतालमा उपचार भएको थियो ।

१९ दिनसम्म प्रहरी निगरानीमै उपचार गरी उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको हो। उक्त ब*म वि*ष्फोटमा होटल सञ्चालकसहित पाँचजना घाइते भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार