logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीले प्रचण्डसंग निहुँ खोजे गम्भिर दुर्घट्ना हुन्छ : मणि थापा (भिडियोसहित)


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले वर्तमान प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निहुँ खोजे गम्भिर दुर्घट्ना हुने खतरा औंल्याएका छन् ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । त्यतिमात्रै नभएर उनले ओलीले अध्यक्ष प्रचण्डसँग गरेको सरकारको नेतृत्व आलोपालो गर्नेलगायतका महत्वपूर्ण सहमति पालना गर्नुपर्ने पनि बताएका छन् । सहमति पालना नगरे नेकपा छिन्नभिन्न हुनेपनि उनले दाबी गरेका छन् ।

थापाले नेत्रविक्रम चन्द विप्लसँग सरकारले वार्ता गर्ने पनि विश्वास दिलाए । मुलुकले अब हिंसा सहन नसक्ने बताउँदै उनले विप्लव नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउनको लागि वार्ता, सहमति र एकतामा आउन आग्रह गरे । त्यस्तै, उनले नेपालबाट राजसंस्था सधैंको लागि विदाई भैसकेकोले अब फर्किन नसक्ने ठोकुवा गरे । त्यस्तै, उनले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकको कार्यकारी राष्ट्रपति बन्नेपनि दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार