logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रुकुम बाट अटल र भक्तपुरबाट प्रयास गिरफ्तार


  • राजनीति
  • बुधबार, साउन २२ २०७६

नेपाल कम्युनिस्ट पार्टीका रुकुम जिल्ला इन्चार्ज श्यामबहादुर बोहोरा अटललाई प्रहरीले गिरफ्तार गरेको छ । बोहोरालाई गएराती रुकुमको मुरुस्थित आफ्नै घरमा सुतिरहेको बेला मुसीकोट खलंगाबाट गएको प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारपछि इन्चार्ज बोहोरालाई सदरमुकाम खलंगा हिरासतमा लगिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका पुर्व जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’लाई मंगलबार दिउसो भक्तपुर सल्लाघरीबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरी सिन्धुपाल्चोक चौतारा लगिएको पारिवारिक श्रोतले बताएका छन् । मिर्गौला रोगको उपचार गराइरहेको श्रेष्ठ नियमित चेकजाँचको लागि काठमाडौं आउनु भएको परिवारले जानकारी दिएका छन् ।

सोमबार मात्रै रामेछाप जिल्ला इन्चार्ज जमिनलाई बनेपा घरमै सुतिरहेको समयमा गिरफ्तार गरी धुलिखेलमा राखेको छ । बार्ताको हल्ला चलाएर नेकपा नेताहरु गिरफ्तार, यातना, हत्या गर्ने सरकारको योजना देखिन्छ । देशभर नेकपाको नेता कार्यकर्ताहरु व्यापक धरपकड गरेर सरकार आफै वार्ताबाट भागेको नेकपा नेताहरुले बताइरहेका छन् । आफ्ना नेताहरु गिरफ्तारपछि सोमबार ताम्सालिङ्ग व्युरो इन्चार्ज आधारले कडा प्रतिरोधको चेतावनी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार