logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपा नवलपरासीका गाउँपालिका इन्चार्ज लोकमान पक्राउ


  • राजनीति
  • बुधबार, साउन २२ २०७६

पोखरा- नेत्रविक्रम चन्द (विप्लव) नेकपा नवलपरासीका एक जिल्ला नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन।

पक्राउपछि प्रहरीले उनलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार