logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपाका केन्द्रीय सदस्य ‘अटल’सहित बिधार्थी अध्यक्ष र उपाध्यक्ष प्रकाउ पक्राउ


  • राजनीति
  • बुधबार, साउन २२ २०७६

रुकुम – रुकुम पश्चिमबाट सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य श्यामबहादुर बोहरा ‘अटल’सहित तीनजना पक्राउ परेका छन्।

उनीसँगै अनेरास्ववियु क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक हरि पुन र सहसंयोजक प्रेम प्रशान्त बोहरा पनि पक्राउ परेका छन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मुरुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

त्यही सूचनाका आधारमा गस्तीमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु तीनैजनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरी प्रमुख सुमित खड्काले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार