logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

रुकुम पूर्वका सात नेकपा कार्यकर्ता काङ्ग्रेस प्रवेश, सिटौलाले गरे स्वागत


  • राजनीति
  • बुधबार, साउन २२ २०७६

पोखरा- रुकुम पूर्वका पूर्व माओवादी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले नेपाली कांग्रेसका स्वागत गरेका छन्।

सिटौलाले कांग्रेसमा पूर्व माओवादी हुँदै हाल नेकपामा कार्यरत रहेका सात माओवादी कार्यकर्तालाई स्वागत गरेका हुन्।

कांग्रेस रुकुम पूर्वका संयोजक केशरमान रोक्का पूर्व माओवादी कार्यकर्तालाई लिएर सिटौला निवास पुगेका थिए।

सिटौला निवासमा पुगेका रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२का वीर बहादुर बुढा, कर्मसरी गुरुङ, अम्वर गुरुङ, घमण्ड बुढा, जेतले बुढा, वडा नम्वर १३का प्रेम प्रसाद बुढा र विजय बुढालाई कृष्ण प्रसाद सिटौलाले स्वागत गरेका थिए।

नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता सिटौलाले नेपालकै पुरानो लोकतान्त्रिक दल कांग्रेसले मात्रै देश र जनताको हित गर्न सक्ने बताए। उनले नेपाली कांग्रेसकव लोकतान्त्रक चरित्रलाई जोगाउँदै पार्टीलाई बलियो बनाउन नवप्रवेशीहरुलाई आआफ्नो ठाउँमा क्रियाशिल हुन निर्देशन दिए।

भ्रष्टाचार र नातावाद हेर्नुपरे नेकपालाई हेरौं

नवप्रवेशीहरुले माओवादीले रुकुम रोल्पा लगायतका देशभरका सोझा कार्यकर्ताहरुलाई दुरुपयोग गरेर सत्तामा पुगेपछि आफूहरु मात्र मोटाइ देश, जनता र कार्यकर्ताहरुलाई विर्सेको आरोप लगाए। आज देशमा भ्रष्टाचारी र नातावादको नमुना हेर्नुपरे नेकपाका नेताहरुलाई हेरे पुग्ने भन्दै उनीहरुले यस्तो पार्टीमा बस्नु आफूहरुको लागि लज्जाको विषय तथा क्रान्तिप्रति अन्याय हुने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार