logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

पोखरा रामबजार निवासी युवा लिगका के.सदस्य गुरुङ,२ लाख धरौटी नबुजाउदा कारागार चलान


  • माधव पनेरु
  • बिहिबार, साउन २३ २०७६

पोखरा- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओावादी) का जिल्ला समिति सदस्य तथा युवा लिगका केन्द्रीय सदस्य ईन्द्रबहादुर गुरुङलालाई प्रहरीले कारागार चलान गरेको छ । निजी अस्पतालमा चन्दा मागेको आरोपमा गुरुङलाई कारागार चलान गरिएको हो ।

अस्पतालमा पार्टीको युवा सम्मेलनका लागि सहयोग गरिदिन आग्रह गर्दा अस्पतालले प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिन लगाएको पार्टी पार्टीले जनाएको छ । कार्यक्रमका लागि सबैसँग चन्दा आह्वान गरिएको तर जवरर्जस्ती कसैसँग चन्दा माग नगरिएको केन्द्रीय सदस्य नारायण अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयमा छोडिएको आर्थिक सहयोगको चिठीका आधारमा अस्पतालले बोलाएर प्रहरीको नियन्त्रणमा पुर्याएको पार्टीको भनाइ छ । पार्टीद्वारा जारी विज्ञप्तिमा पोखराको पद्य नर्सिङ होमले प्रहरीलाई खबर गरेको जनाइएको छ । गुरुङले भने २ लाख रकम माग नगरिएको बताउनुभएकाे छ ।

जिल्ला अदालतले गरेको फैसला अनुसार गुरुङ २ लाख धरौटी बुझाउनै पर्ने भएकाले २ लाख रकम जम्मा गर्न नसक्दा कारागार चलान गरिएको परिवारले जनाएको छ । गुरुङले अस्पतालमा एक रुपैयाँ पनि नलिएको जानकारी हुँदाहुँदै राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएको पार्टीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार