logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन जादैछन प्रचण्ड पत्नी र दुई छोरी दिल्ली ?


  • राजनीति
  • आइतबार, पुष ३० २०७४

Accompanied by his wife Sita, Prime Minister Pushpa Kamal Dahal speaks with media as he arrives at the Tribhuvan International Airport, after concluding his state visit to India, on Sunday, September 18, 2016. Photo: RSS

नेपाली  राजनीतिको चतुर खेलाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का हरेक गतिविधि सबैको नजरमा पर्दछन । यसै बिच प्रचण्ड पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेह, उच्च रक्तचापलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् ।

केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी थिइन् । अहिले पनि बेला–बेला अर्धमूर्छित अवस्थामा देखिन्छिन् ।

विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

बुवा जानुहुन्न, हामी जाँदै छौं,’ भरतपुर महानगरकी मेयर रेणुले भनिन्, ‘मेदान्तमा आमाको फलोअप उपचार हुन्छ । डाक्टरको सल्लाहका आधारमा उपचार गरेर फर्किन्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार