logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भुमिगत रुपमा क्रान्तिकारीको बैठक सम्पन्न, यस्तो गर्यो १० बुद्दे घोषणा


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  निकट बिद्यार्थी सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन ( क्रान्तिकारी ) सेतिमहाकाली ब्युरोले महत्त्वपूर्ण बैठक सम्पन्न गरेको छ् ।

सरकारको प्रतिबन्धलाइ छिचोल्दै बैठक सम्पन्न गर्दै १० बुद्दे निर्णय सार्वजनिक गरेको छ । ब्युरो इन्चार्ज बिरेन्द्र शाहले आज एक बिज्ञप्ती जारी गर्दै उक्त निर्णय घोषणा गरेका हुन । बिद्यार्थी आन्दोलनलाइ नया उचाई दिने भन्दै मनपरि शुल्क वृद्धि , शैक्षिक अनिमियतता, र दलाल भ्रष्ट प्रवृत्ति विरुद्ध निर्मम संघर्ष गर्ने उद्धघोष गरेको छ ।

बिज्ञप्तीको पुर्ण पाठ

विषय – प्रेस विज्ञप्ति मिति: २०७६-०४-२४
हाम्रो महान तथा गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी ) नेपालको आमूल शैक्षिक परिवर्तन र वैज्ञानिक समाजवादी शिक्षाका लागि निरन्तर संघर्षरत रहेको छ ।
हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) सेतिमहाकाली क्षेत्रीय समन्वय समितिको हालसालै सम्पन्न बैठकले लिएका केही महत्त्वपूर्ण निर्णयहरु संबंधित निकायको ध्यानाकर्षण र सचेतनाका लागि साथै सेतिमहाकालीको विद्यार्थी आन्दोलन लाई नयाँ उचाई प्रदान गर्न लिईएका महत्त्वपूर्ण निर्णयहरु सम्प्रेषणका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
1) कम्युनिस्ट विद्यार्थी अभियान-०२, ०९वटै जिल्लाहरूमा असोज मसान्तसम्म संचालन गरिनेछ । जसमा नेपाल का नक्कली कम्युनिस्टहरु र तिनका विद्यार्थी सङ्गठनहरुको भन्डाफोर गर्दै सङ्गठन लाई सुदृढ र विस्तार गरिनेछ ।
2) संयुक्त विद्यार्थी आन्दोलनको निर्माणका लागि अन्य विद्यार्थी सङ्गठनका साथिहरु लाई
सहकार्यका लागि आह्वान गर्दछौ ।
3) सु.प. विश्वविद्यालयमा भैरहेको अनियमितता , राजनैतिक भागबन्डा र त्यहाँ भएका शैक्षिक समस्याहरुका लागि संघर्ष गरिनेछ र साथै कैलाली बहुमुखी क्याम्पस लाई विश्वविद्यालयमा समायोजनका लागि संघर्ष गरिनेछ ।
4) शैक्षिक माफियाहरुको नामावली सार्वजनिक गरि आवश्यक कार्वाही गरिनेछ ।
5) निजि शैक्षिक संस्थाको मनपरी शुल्क असुली , सरकारी विद्यालयमा असुल भैरहेको शुल्क , सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिईने शुल्कका विरुद्धमा संघर्ष र कार्वाही गरिनेछ ।
6) सरकारी विद्यालयहरुमा चलिरहेका प्राविधिक कार्यक्रमहरुमा लिईदै आएको चर्को शुल्कका साथै प्र.अ. र व्यवस्थापन अध्यक्षहरुले गरिरहेका भ्रष्टाचारका विरुद्धमा निर्मम संघर्ष गरिनेछ ।
7) सेती प्राविधिक शिक्षालय दिपायलमा भएका विकृति र विसङ्गतीका विरुद्धमा संघर्ष गरिनेछ ।
8) यातायातमा विद्यार्थीहरुले भाडादरमा पाउने ४५% छुट कार्यन्वयनका लागि पहल र संघर्ष गरिनेछ ।
9) सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा जागरण अभियान संचालन गरिनेछ ।
10) दलाल फासिवादी केपिबादल कम्पनी द्वारा हाम्रो विद्यार्थी सङ्गठनका नेताकार्यकर्ता माथी भैरहेको प्रतिबन्धित व्यबहार , दमन, धरपकड, अपहरण गरेर बन्धक बनाउने , झुठो मुद्दामा फसाउने कुकार्य भैरहेको छ यसको व्यापक भन्डाफोर गर्दै संघर्ष संचालन गरिनेछ ।
अन्त्यमा नेपालका लाखौं विद्यार्थीहरुको हकहितका लागि हाम्रा महान सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित ।
विरेन्द्र शाह
संयोजक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार