logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

क्रान्तिकारी द्धारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा


  • राजनीति
  • शनिबार, साउन २५ २०७६

सरकार बाट प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले गुल्मी जिल्लाले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।

जिल्ला संगठनका दुइ नेतालाइ गिरफ्तार गरी लामो हिरासत राखेर अदालतले धरौटीमा रिहाइ गर्न आदेश दिएको भएता पनि प्रहरीले पुन गिरफ्तार गरी अर्को जिला अर्घाखाँची लगेको भन्दै क्रान्तिकारीले संघर्षमा कार्यक्रम घोषणा गरेको हो ।

जिल्ला अध्य बिकल्प द्धारा जारी बिज्ञप्तीमा गिरफ्तार गरी झुट्टा मुद्दामा फसाउने मनसायले अर्को जिल्ला पुर्याइएको उल्लेख गरेकाछन । उनले दुइ नेताकोहरुको बिनासर्त रिहाइको माग गर्दै तुरुन्तै रिहा नगरे भाद्र १ बाट अनिश्चितकालीन शैक्षिक हडताल गर्ने घोषणा गरेका छन । क्रान्तिकारीका जिल्ला सचिव बिष्णु बिक र सदस्य राज खड्कालाइ गिरफ्तार हिरासतमा राखियो थियो । अदालतको आदेश पछि बिहिवार रिहा भएका उनिहरुलाइ पुन गिरफ्तार गरी अर्घाखाँची लगेको बताइएको छ

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार