logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी


  • राजनीति
  • आइतबार, साउन २६ २०७६

दाङ-अज्ञात समूहले बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गरेको छ। गाउँपालिकाका अध्यक्ष चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा गएराति करिब १२:४५ बजे अज्ञात समूहले आगजनी गरेको हो।

वडा नम्बर ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरेर राखिएको गाडी पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय कमिरेचौरका सई गोपाल प्रसाद शर्माले जानकारी दिए। गाडीमा आगो कसले र किन लगाएको भन्‍ने अहिलेसम्म नखुलेको र अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार