logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मायादेवी गाउँपालिका प्रमुख चौधरी चढ्ने स्कार्पियो गाडीमा आगजनी


  • राजनीति
  • आइतबार, साउन २६ २०७६

कपिलवस्तु-अज्ञात समूहले मध्य राती मायादेवी गाउँपालिकाको स्कार्पियो गाडीमा आगजनी गरेको छ।आगलागीबाट गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको गाडी पूर्ण रुपमा जलेको छ ।

प्रहरी उपरीक्षक दीप शमशेर जबराले गाउँपालिकाको कामकाज सकेर सदरमुकाम तौलिहवास्थित आफ्नो भाडाको निवासमा पार्किङमा राखिएको गाडी गएराति करिब १०।३० बजे आगजनी गरिएको बताए ।

आगजनी कसले र कसरी गर्यो भन्ने आफूले पत्तो नपाएको गाउँपालिका प्रमुख चौधरीले बताए।
आगजनीको जिम्मेवारी भने कसैले लिएको छैन। गाडीमा लागेको आगो कपिलवस्तु नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार