logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सप्तरीबाट निर्वाचित चर्चित समाजवादीका नेता सांसद डा. यादवले आखिर किन दिए राजीनामा ?


  • राजनीति
  • मंगलबार, साउन २८ २०७६

सप्तरी- सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन्। सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वाचित यादवले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ।

‘उहाँले राजीनामा बुझाउनु भएको छ, निर्णय हुन बाँकी छ’ सभामुखको सचिवालयले भन्यो। समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले यादवले राजिनामा दिएको पुष्टि गर्दै भने ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ।’

यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्। यादवको राजीनामा स्वीकृत भए प्रतिनिधीसभामा सप्तरी १ पनि रिक्त हुने छ। सरकारले मंसिर १४ मा उपनिर्वाचनको मिति तोकेको छ। देशभरमा विभिन्न पदका ५१ स्थानमा जनप्रतिनिधीहरु छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार