logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्री नै ठेकेदार अधिकांश सडक अलपत्र


  • पत्रपत्रिका
  • बिहिबार, साउन ३० २०७६

सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे।

दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो। गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ।

२०७४ असार २८ गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार ९४२ रुपैयाँमा २०७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। सम्पन्न गर्ने समयसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारी (रुकुम पश्चिम) ले एक वर्ष म्याद थपेको छ।

प्रदेश मन्त्रालय मातहत आउनुअघि यो सडक डिभिजन सडक कार्यालय सुर्खेतको कार्यक्षेत्रभित्र थियो। उतिबेलै समयमै काम सम्पन्न गर्न डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई तीनपटक पत्र काट्यो। निर्माण कम्पनीले कुनै पनि पत्रको जवाफ दिएन्। यो समाचार आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार