logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी


  • राजनीति
  • बिहिबार, साउन ३० २०७६

पोखरा- भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ भन्दै नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले चेतावनी दिएका छन्।

भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले दिएका हुन। उनले भरतले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भइरहदा समिति सदस्य गिरीले उक्त चेतावनी दिएका हुन।

नेपाल-भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गरि टिप्पणी गरेका छन ।

नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न उनले आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार