logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुडासैनीकाे घटनाबारे निश्पक्ष छानवीनकाे माग गर्दै प्रदर्शन


  • राजनीति
  • शनिबार, साउन ३२ २०७६

माउन्टेन टिभिका पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् ।

पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई  विहिबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको छ ।

शुक्रबार दिनभर लामिछानेका समर्थकका नाममा कांग्रेस र केही राजावादीहरुले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाईने भन्दै नाराजुलुश गरे ।

शनिबार विहानै चितवनका स्थानिय युवाहरुले कानुनत छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार