राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) जिल्ला समिती कैलालीले आफ्ना नेता प्रज्वलको स्मृतिमा वृक्षरोपण गरेको छ ।
क्रान्तिकारीका केन्द्रिय सदस्य प्रज्वल शाहिको स्मृतिमा कैलाली जिल्लाको जनचेतना आधारभुत विद्यालयमा वृक्षारोपण कार्यक्रम गरेको हो । राजधानी काठमाडौमा बम बिस्फोट परी साहदत भएका प्रज्वलको स्मरण र सम्मानमा क्रान्तिकारी सेति महाकाली ब्युरोले अभियानात्मक कार्यक्रम संचालन गरेको जनाएको छ ।
उक्क्त वृक्षरोपण कार्यक्रममा अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सचिवालय सदस्य तथा सेति-महाकाली क्षेत्रीय समन्वय समिती संयोजक विरेन्द्र शाह , क्रान्तिकारीका केन्द्रिय सदस्य झलक वि.क. , जिल्ला अध्यक्ष बबर जङ्ग सिंह लगायत विद्यार्थी नेताकार्यकर्ताहरु को सहभागीता रहेको थियो ।