राजनीति
पुर्व युवराज पारश शाहका छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरा माथि प्रहरीले अपमान गरेको भन्दै पुर्व युवराज पारसले प्रहरीमाथी आक्रोश व्यक्त गरेका छन् ।
आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका आफ्ना छोरा र भान्जामाथि प्रहरीले अपमान गरेको देखे पछि पारसले बिमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी नायव निरिक्षक लाई छातीमा समातेर धकलेका हुन् ।
यस्तै गतिबिधिका कारण पारस बिभिन्न समयमा बिबादमा पर्ने गरेका छन् । आमा कोमललाई बिदाई गर्न पारस र प्रेरणा शाहका छोरा पनि बिमानस्थल पुगेका थिए ।
पुर्व राजा ज्ञानेन्द्र शाह २ साता अघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्ड मै रहेकी छिन् ।
राज परिवारका सदस्यको बिमानस्थलमा उपस्थिती हुँदा समर्थकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजी गरीरहेका थिए । भिडियोमा हेनुृहोस्