logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्व बिधार्थी नेता दास सहित ६ जना गिरफ्तार


  • राजनीति
  • सोमबार, भाद्र २ २०७६

नेपाल कम्युनिस्ट पार्टीका २ जना जिल्ला इन्चार्जसहित ६ जनालाई आइतबार प्रहरीले गिरफ्तार गरेको छ ।

झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ गरिएको हो ।

गिरफ्तार पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बू ‘सक्कल’, मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र अखिल (क्रान्तिकारी) मेची–कोशी संयोजक २४ वर्षीय गणेश कार्की छन् ।

उनीहरूलाई एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका–६ स्थित न्यु कञ्चन होटेलबाट पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार