logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पारस शाहले लेखे स्टाटस , करिष्माले गरिन यस्तो कमेन्ट


  • राजनीति
  • मंगलबार, भाद्र ३ २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको भनिएको हातपात बारे पूर्वयुवराज पारस शाहले मुख खोलेका छन । विमानस्थलको भीआईपी कक्षमा पारसले आफ्ना छोरा र भान्जाको अपमान गरेको भन्दै सई ईश्वर खत्रीलाई उनले धकेलेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियो बाहिरिएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन समेत दिएको छ । दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन् ।सामाजिक सञ्जालमा पारसको पछिल्लो विवाद बारे बहस भैरहेको छ ।

उनले फेसबुक स्ट्याटस लेख्दै भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई झण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागेँ ।’ उनले अगाडि भनेका छन्, ‘त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ, मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरेँ । यो कुराको छिनोफानो गर्न म नेपाली जनतालाई दिन्छु ।’

उनको स्ट्याटसमा करिश्मा मानन्धरले कमेन्ट गर्दै सरकार तपाइले ठिक गर्नु भयो अरु कसैले यसरी आफ्नो परिवारको लागि गर्दैन हामी तपाइको साथमा छौ भनेकी छिन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार