logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीलाइ प्रचण्डको काउन्टर : सरकारको नेतृत्व फेरिन्छ


  • राजनीति
  • मंगलबार, भाद्र ३ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वे फेरिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधीसभा बैठकमा बोल्दै ५ बर्ष सम्म आफ्नै नेतृत्वमा सरकार चल्ने बताएका छन् ।

अर्को निर्वाचन नभएसम्म आफू नै प्रधानमन्त्री रहने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले अहिले सरकारको नेतृत्व फेरिने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका थिए ।

तर, त्यसको भोलिपल्टै आज (सोमबार) नेकपाका अर्का अध्यक्ष प्रचण्डले ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने दाबी गरेका छन् ।

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन ।

यद्धपी उनले नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने पनि दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार