logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रविकाे बयान, लोकप्रीयता बाट आत्तिएकाहरुले षड्यन्त्र गरे


  • राजनीति
  • मंगलबार, भाद्र ३ २०७६

सञ्चारकर्मी रवि लामिछानेले माउण्टेन टेलिभिजनका पत्रकार शालीकराम पुडासैनी आत्म*हत्या प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन् ।

सरकारी वकिलको कार्यालय चितवनमा सोमबार बयान दिएका उनले कुनै पनि प्रकारले घटनामा दोषी नभएको भन्दै आफ्नो लोकप्रियताबाट आत्तिएकाहरुले सुनियोजित रुपमा फसाउने प्रपञ्च रचेको बताए । बयानका क्रममा रविले पुडासैनीले आत्म*हत्या अघि रेकर्ड गराएको भिडियो आफूले नहेरेको समेत दाबी गरेका छन् ।

आफूमाथिको आरोपबारे भिडियो हेरेकाहरुले भनेको सुनेको उनले बताए । भिडियोमा पुडासैनीले रवि, युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्म*हत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनीहरु तीनैजनालाई प्रहरीले पक्राउ गरी चितवन लगेको छ । पुडासैनीले गत २० साउनमा नारायणगढको एक होटलमा झुण्डिएर आत्म*हत्या गरेका थिए । पोष्टमार्टम रिपोर्टबाट उनले आत्महत्या गरेको पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार