logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आकस्मिक रुपमा प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


  • राजनीति
  • मंगलबार, भाद्र ३ २०७६

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन । दलहरूबीच संवादको अवस्था कायम राख्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन ।

प्रधानमन्त्रीले आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा संसदमा रहेका दलहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित नेपाली कांग्रेस, समाजवादी र राजपा छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक राजनीति र आफ्नो सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । केही दिन अघिमात्रै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका प्रधानमन्त्री पुनःपरीक्षणका लागि उनी फेरि सिंगापुरतर्फ जाने भएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार