logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

शक्तिकेन्द्रहरूलाई दाहिना बनाउन भयानक राष्ट्रघात हुदैछ : नेकपा


  • राजनीति
  • बुधबार, माघ ३ २०७४

नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले संसदिय दलहरु सरकार बनाउन र टिकाउनका लागि बलियो शक्ति केन्द्र खोजीमा भौतारिए रहेको निष्कर्ष निकालेको छ।

वैदेशिक शक्तिकेन्द्रहरूलाई दाहिना बनाउन ठूला–ठूला राष्ट्रघातहरू हुने प्राकृतिक स्रोत विदेशीलाई सुम्पने तथा भयानक राष्ट्रघात हुने संभावना समेत रहेको भन्दै नेकपाले चनाखो हुनु पर्ने बेला आएको बताएकोछ । नेपालमा राजनीतिक अस्थिरता भएकै समयमा भारतले नेपालका शासकलाई सत्ता संचालनमा पारेर नाजायज फाइदा लिंदै आइरहेको बिषय प्रष्ट रहेको कुरा छर्लङ्ग भएको  कुरामा जोड दिएकोछ । नेकपाले भन्यो त्यसकारण राष्ट्रघात, जनघात र निरंकुशता थोपरिने देखिएको छ । विडम्बना, त्यो कम्युनिस्ट तथा वामपन्थीको नाममा आउँदैछ । भारतको पश्चिम बंगालमा ज्योती बसुको सरकारले नक्सलवाडी आन्दोलन दमन गरेको र सोभियत संघमा ख्रुश्चेवले विश्वभरि युद्ध र आतंक थोपरेको विरासत नेपालमा कथित वामपंथी नारामा आउने देखिएको तर्फ संकेत गरेको छ ।

नेकपाले नेपालका शासकहरूको त्यसप्रकारको दलाल र जनविरोधी भूमिकालाई हामीले सामाजिक दलाल पुँजीवाद भनेका छौँ । चुनावको समयमा भन्दा क्रमशः रापताप हराउँदै गएको एमाले गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने देखिएको छ । संसदीय व्यवस्थाको सत्ताचरित्रका कारण देशमा सामान्य सुधार पनि हुने सम्भावना देखिँदैन । नेपालको प्राकृतिक स्रोत र श्रमशक्ति दोहन गर्ने र तिनका विरुद्ध नेपालीभूमि प्रयोग गर्ने साम्राज्यवाद (नेपालको सन्दर्भमा मूलतः भारतीय साम्राज्यवाद) रणनीति देखिन्छ । भारतको त्यही स्वार्थ पूरा गर्ने र त्यसप्रकारको दलाली गरेर कठपुतली सत्ता संचालन गर्ने शासकको कारण नेपालमा राजनीतिक, आर्थिक, सांस्कृतिक समस्या भएको छ ।

जनताको अपेक्षाका विपरीत सामाजिक दलाल पुँजीवादी नेतृत्वको सरकारले समस्या घटाउने हैन, झन् चर्काउने निश्चित छ । त्यसकारण नेकपाले माघ १५ देखि तीनमहिने ‘देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान’ चलाउने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार