logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वैध पनि विप्लवको शैलीमा, पार्टीको कार्यालय नराख्ने निर्णय


  • राजनीति
  • मंगलबार, भाद्र ३ २०७६

 

नेकपा माओवादीको एक धार नेकपा क्रान्तिकारी माओवादीले आगामी मंसिरमा हुने उपचुनाव सक्रिय बहिष्कार गर्ने नीति पारित गरे सगै मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीको केन्द्रीय कार्यालय छोडेको छ ।

अब देखि केन्द्रीय कार्यालय नराख्ने निर्णय गर्दै उसले पार्टीका जनवर्गीय संगठन, मोर्चाहरुको मात्र कार्यालय राख्ने र त्यहीबाट पार्टी गतिविधि अगाडी बढाउने निर्णय गरेको छ ।

त्यही निर्णयका आधारमा उसले तत्कालिन माओवादी एक हुँदा देखिकै केन्द्रीय कार्यालय रहेको बुद्धनगरको केन्द्रीय कार्यालय छोडेको छ । तत्कालिन एकीकृत माओवादी विभाजन पछि पनि वैद्य माओवादीले बुद्धनगरको कार्यालयलाई आफ्नो बनाउदै आएको थियो ।

मोहन वैद्य र रामबहादुर थापाको विभाजनमा उक्त कार्यालय कसले लिने भन्नेमा शुरुका केही समय विवाद समेत भएको थियो ।

‘हामीले अब केन्द्रीय कार्यालय नराख्ने निर्णय गरेका छौं, जवस मोर्चाका नाममा खोलिने कार्यलयबाट पार्टी काम गछौं,’  वैद्य माओवादीका एक केन्द्रीय सदस्यले सफल खबरसँग भने,–‘त्यही आधारमा बुद्धनगरको केन्द्रीय कार्यालय छोडिसकेका छौं ।’

वैद्य माओवादीले वुद्धनगरको केन्द्रीय कार्यालय एक महिना अगाडी नै छोडिसकेको छ । अहिले उसले कुपन्डोलमा रहेको कार्यालयबाट भने देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

कुपन्डोलको कार्यालयलाई पनि साघुरो बनाईएको छ । पहिले उपयोग गरेका कोठाहरु उसले छोडिसकेको छ भने खुल्ला स्थानमा बनाईएको टहराबाट मात्र उसले कार्यालय सञ्चालन गर्न लागेको छ ।

पार्टीभित्रै आर्थिक समस्या देखिन थालेको र महासचिव वैद्यलाई दैनान्दिन कार्यालय आउजाउमा समेत समस्या परेपछि कार्यालय नै नराख्ने निर्णय वैद्य माओवादीले लिएको हो ।

कार्यालय नै नराखी पार्टी गतिविधि कसरी हुन्छ ? भन्ने नेताहरुले नै महासचिव वैद्यलाई जिज्ञासा राख्दा उनले मोहन विक्रमको पनि पार्टी कार्यालय नै नरहेपनि पार्टी चलेकै छ, उसैगरी चलाउने जवाफ नेताहरुलाई दिएको एक केन्द्रीय सदस्यले बताए ।

पार्टी कार्यालय नै नराखेर वैद्यको पार्टी भूमिगत हुन भने खोजेको होइन । पार्टीभित्र आर्थिक समस्या चुलिदै गएपछि खर्च कटौतीका लागि यस्तो गर्न खोजेको ति नेताले बताए ।

तीन दिन अगाडी मात्रै पनि वैद्य स्वयंले प्रयोग गर्दै आईरहेको गाडी मर्मत खर्च नै नभएर केही समय त्यसै थन्किएको थियो । अहिले उक्त पार्टीभित्र चरम आर्थिक संकट देखिएको छ । जसकाकारण पार्टीको दैनान्दिन सञ्चालनमै पनि समस्या आईपर्न थालेको नेताहरुको भनाई छ ।

पार्टीबाट माओवादी पृष्ठभूमिका नेताहरु एक पछि अर्काे गरी बाहिरिने क्रम रोकिएको छैन भने पार्टीमा वैद्य स्वयं पनि तत्कालिन माओवादी युद्धलाई समाजिक फासिवादीको आरोप लगाउदै आएका परि थापा, रामसिंह श्रीर्ष लगायत नेताहरुको घेराबन्दीमा छन् ।

वैद्यलाई युवा नेताहरुले साथ छोड्न थालेका छन भने परि, रामसिंह, सिताराम तामाङ लगायतका नेताहरुले घेराबन्दी बनाएर राखेका छन् । त्यो घेराबन्दी चिर्न सक्ने अवस्थामा यतिबेला वैद्य नरहेको उक्त पार्टीका नेताहरुको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार