logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एमाले पूरै सिस्टममा चलिरहेको छ माओवादीमा त्यो सिस्टम छैन : सुरेन्द्र पाँण्डे


  • राजनीति
  • बुधबार, माघ ३ २०७४

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माओवादी सग एकता हुने भन्दै त्यसका लागी केही कुरामा ध्यान दिन जरुरी रहेको बताएकाछन ।

उनले आफ्नो पार्टी नेकपा एमाले एउटा विधिबाट चल्दै आएको पार्टी भन्दै माओवादी ब्यवस्थित नभएकोतिर संकेत गरे । पाँण्डेले भने २०४९ सालको महाधिवेशनमा हाम्रो पार्टी सदस्य कति थिए अहिले कति छन् ? कसले कहिले सदस्यता लियो भन्ने सबै अपडेट छ । व्यक्तिहरु कमिटीमा आएकाहरुको पनि सबै प्रोफाइल हामीसँग छ । हाम्रो पार्टी पूरै सिस्टममा चलिरहेको छ । माओवादीमा त्यो सिस्टम छैन । भोलि पार्टी एकता गर्दा पनि यो सिस्टम त लागू गर्नैपर्छ । एउटा विधि र पद्धतिबाट पार्टी चल्न अन्तरिम विधान पनि बनाउनुपर्नेछ । यी सबै काम विस्तारै हुन्छन् र पार्टी एकता हुन्छ भनेका छन । राजधानीमा अनलाइन सग कुरा गर्दै उक्त कुरा बताएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार