राजनीति
पोखरा/ बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेपछी दाङ लगायतका समुदायहरु आक्रोशित बनिरहेका छन् । उक्त सरकारी निर्णय प्रति तिब्र असन्तुष्टि जनाउदै कृष्ण बहादुर महराले भ्रत्सना सहितको बिज्ञप्ति जारी गरे लगतै प्रदेश नं. ५ को मुख्य मन्त्रीका रुपमा प्रस्तावित एमाले नेता संकर पोखरेलले पनि बिरोधको मुख खोलेका छन् ।
प्रदेश नं. ५ को राजधानी रुपन्देहीलाई तोकेपछि नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले त्यसप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
एमाले प्रभावशाली नेता पोखरेलले आफ्नो सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै लेखेका छन् ‘जनमत गुमाएको सरकारले विवेक पनि गुमाएछ ।’

आफैले बनाएको कार्यदलको सिफारिस विपरितका ठाउँ प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको पोखरेल टिप्पनी गरेका छन् ।
दाङको निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभामा निर्वाचित पोखरेलले स्थायी राजधानीका वारेमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई प्राप्त रहेको उल्लेख गरेका छन् ।
दाङको पक्षमा आशा जगाउँदै उनले लेखेका छन् ‘जननिर्वाचित प्रतिनिधिहरुले अवश्य नै विवेक प्रयोग गर्नेछन् ।’