logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

देशकाे हितमा बाेल्दा विप्लवकाे आराेप लाग्याे : नागरिक अगुवा दीक्षित


  • राजनीति
  • शनिबार, भाद्र १४ २०७६

नागरिक समाजका अगुवा तथा डा. सुन्दमणी दीक्षितले पञ्चायत कालदेखि नै आफु नेपालको हितका पक्षमा बोल्दै आएको तर आफुलाई कहिले पञ्च, कहिले एमाले, कहिले कांग्रेस, कहिले माओवादी, कहिले विप्लव त कहिले राजावादी भएको आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंको संवाद चौतारीमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरुलाई जथाभावी नबोल्न सुझाव दिए ।  त्यस्तै गणतन्त्र आएपछि पञ्चायत कालको भन्दा सयौं गुणा बढी भ्रष्टाचार भएको दाबी गरे ।

आफुले राजावादी भन्दै फगद आरोप लगाएको समेत उनले बताए । अहिलेका राजनीतिक दलका नेताहरुले देश र जनताका पक्षमा राम्रो काम गरे राजासँग डराउनु नपर्ने दीक्षितको धारणा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार