logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव नेकपाले एनसेलकाे फैसला गर्ने न्यायाधीशद्वयको पुत्ला जलायाे


  • राजनीति
  • बुधबार, भाद्र १८ २०७६

विप्लव नेतृत्वको नेकपाले देशभर एनसेल कर असुलीबारे सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा एनसेलको पक्षमा फैसला गर्ने न्यायधिसहरुको पुत्ला दहन गरेेेेकाे छ । सर्वोच्च अदालतले नै गरेको फैसला उल्टयाउदै राजनीतिक प्रभावमा अरबौ रकम कर छली गर्ने एनसेललाई उन्मुक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एनसेलको पक्षमा फैसला गर्ने उल्ट्याउने न्यायधिसहरुको आज देशैभरी पुत्ला दहन गरेको छ ।

सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै मंगलबार कैलालीको धनगढी उप–महानगरपालिका ८ बुद्धचोकमा, भक्तपुर जिल्लामा, चितवन जिल्लाको राप्ती नगरपालिका हर्दिमा, रत्न नगरपालिका देबौलीमा, कालिका नगरपालिका क्लव चोकमा र दाङ तुलसीपुरको अश्वारा, बबईको पञ्चकुले, गढवाको कालाकाटे, राजपुर, शान्तिनगर, रामपुरलगायत देशैभरी पुत्ला दहन गरेको हो।

नेकपाले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारण उसले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ । अदालतको यो निर्णयपछि नेकपा एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुगेको बताइएको छ । नेकपाले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपिल गर्दै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नकालागि जनताहरु उठ्न आग्रहसमेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार