logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपालमा बाटो बनाउदा भारतिय अवराेध, सबै काम ठप्प


  • पत्रपत्रिका
  • बुधबार, भाद्र १८ २०७६

कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ।

भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेकाले ग्रावेल र कालोपत्रे गर्न नसकिएको हो।

उक्त नगरपालिकाको १० नं वडामा जिमुवा प्रहरी चौकी नजिकै सीमास्तम्भ ८०६ ९६ ए० को सडकमा ग्रावेल गर्दा भारतीय पक्षले रोकेकाले गड्डाचौकीबाट जिमुवा हुँदै जाने सडकका केही भागमा वर्षौं बित्दासम्म ग्रावेल तथा कालोपत्रे गर्न सकिएको छैन, जबकि भारतसँग सीमा नजोडिएको सोही सडकको बाँकी क्षेत्रमा कालोपत्रे भइसकेको छ।

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले ग्राभेल गर्न दिइए पनि कालोपत्रे गर्न नदिइएको बताए। उक्त पक्षले महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका भारतसँग सीमा जोडिएका भू–भागका वडा कार्यालयले निर्माण गतिविधि बढाउँदा भारतीय पक्षले रोक्ने गरेको छ।

‘सीमा नजोडिएको चौकीको तल र माथि ग्रावेलको साटो कालोपत्रे नै भइसकेको छ। तर, यहाँको २ सय मिटरको सडकमा अहिलेसम्म ग्रावेलसमेत गर्न दिइएको छैन।’ –उक्त प्रहरी चौकीका प्रमुख जयराज जोशीले भने।

सीमाको जिरो प्वाइन्टमा काम गर्न नपाइने भन्दै नेपाली पक्षलाई कालोपत्रे गर्न अवरोध गरिएको थियो। साथै भारतीय पक्षले निर्माणाधीन हुलाकी सडक निर्माण भएको भूमि आफ्नो भएको दाबी गरेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडक खण्डमा कालोपत्रेको कार्य अघि बढ्न सकेको छैन।

आजको समाचारपत्र दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार