logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रन्जित तामाङ द्धारा घटनाको भत्सर्ना दोषी प्रहरी अधिकारीलाइ कार्वाहीको माग


  • राजनीति
  • बुधबार, भाद्र १८ २०७६

सत्तारुढ दल नेकपाको बिद्यार्थी नेता ऎन महर लगायतका नेताहरुलाइ प्रहरीले लाठीचार्ज गर्दै घाइते बनाएको भन्दै अनेरास्ववियुले बिज्ञप्ती जारी गरेको छ ।

सह संयोजक रन्जित तामाङ द्धारा जारी गरिएको बिज्ञप्तीमा बिनाकारण योजना बद्ध ढंगले नेताहरु माथी गरिएको हातपात खेद पुर्ण रहेको जनाएको छ। साथै अनेरास्ववियुले बिना कारण लाठीचार्जमा उत्रिएका प्रहरी अधिकारीलाइ कार्वाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउने जनाएको छ ।

प्रहरीको लाठी प्रहार बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् ।

बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार