logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एनसेल फैसला विरुद्ध क्रान्तिकारीको मसाल जुलुस ( भिडियो सहित )


  • राजनीति
  • बिहिबार, भाद्र १९ २०७६

सरकारले प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एनसेलको लुटको विरुद्ध भन्दै मसाल जुलुस निकालेको छ । एनसेलले अरबौ कर छलीगरेको र त्यसलाई अदालतले बैधानिकता दिएको भन्दै  नेकपाले बिरोध  र संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

अखिल क्रान्तिकारी काठमाडौ क्याम्पस जिल्ला समिती र त्रिबि जिल्ला समितीले संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन  गरेको स्रोतले जनाएको छ । क्रान्तिकारी का नेता तथा क्याम्पस जिल्ला अध्यक्ष उषा किरण आजादको नेतृत्वमा उक्क्त मसाल जुलुस भएको क्रान्तिकारी स्रोतले जनाएको छ ।

राजधानी काठमाडौको कडा सुरक्षा ब्यवस्था लाइ पत्तो सम्म नहुने गरि छापामार शैलीमा निकालिएको मसला जुलुसमा एनसेल बिरोधि नारा लगाएका थिए भने सरकार प्रती आर्कोश अभिव्यक्त गरेका थिए ।

मातृ पार्टीको कार्यक्रम सफल पार्नका लागि क्रान्तिकारीले मसाल जुलुश निकालेको जनाएको छ  । नेकपाले  उपत्यका लगाएत देशै भरी अहिले साझ मसाल जुलुस निकालेकाहुन । मुलुकको भर नै सरकारी चुनौती छिचोल्दै नेकपाले प्रदर्सन गरेको बताएको छ ।

भिडियो हेर्नुहोस

विप्लव गरे एनसेल बिरुद्ध संघर्षको घोषणा

 

बिद्राेही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शनिबार विज्ञप्ति निकाली नालायक भ्रष्ट सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाउँदै भदौ १० गते सर्वोच्च अदालतले एनसेलले साढे १८ अरब तिर्न नपर्ने अत्यन्त विवादास्पद राष्ट्रघाति निर्णय गरेकोप्रति घोर भत्र्सना गर्दै भदौ १७ गते न्यायधिसहरुको पुत्ला दहन, भदौ १९ गते देशभरी मशाल जुलुस, भदौ २१ गते एनसेलका कार्यालयहरुमा विरोध प्रर्दशन, भदौ २३ गते एनसेल कार्यालयहरुमा तालाबन्दी र भदौ २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्नेसहितको कार्यक्रमहरु घोषणा गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘भदौ १० गते सर्वोच्च अदालतले एनसेल कर असुलीबारे अत्यन्त विवादास्पद निर्णय गरेकोप्रति पार्टीको ध्यान विशेष रुपले तानीएको छ । एनसेलले ७५ अरब कर छली गरेर जनता र देशलाई कंगाल बानाइरहेको स्पष्ट छ । एनसेलको ठगीप्रति हर नागरिक चिन्तित र आक्रोसित छन् । नालायक भ्रष्ट सरकारले देशको सम्पत्ति रक्षा गर्नुको साटो मिलोमतो गरेर गम्भीर अपराध गरिरहेको छ । सरकारकै इसरामा सर्वोच्चका केही भ्रष्ट न्यायधिसहरुले आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसलालाई उल्टाउँदै एनसेलले साढे १८ अरब तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेका छन् । संसदवादी पार्टीहरु नेकपा (एमालेमाके), काँग्रेस, समाजवादी कोही पनि बोलिरहेका छैनन् । हाम्रो पार्टी कथित न्यायधिसहरुको यो फैसलाको घोर भत्र्सना गर्दछ साथै यस निर्णयलाई खारेज गर्न चेतावनी दिन चाहन्छ । यस्तो देशघाति, जनघाति निर्णयलाई खारेज गराउन सारा नागरिकहरु संघर्षमा उत्रिनु पर्ने भएको छ ।’

विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टीले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारणले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ । अदालतको यो निर्णयपछि हाम्रो पार्टी एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुग्दै छ । एनटिसी चलिरहेको अवस्थामा एनसेल हाम्रो बाध्यताको ब्यापार होइन तसर्थ सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न हार्दिक अपिल गर्दछौं । साथै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न आग्रह गर्दछौं ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार