logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मेलम्चीमा गाेली चल्याे दुइकाे अवस्था चिन्ताजनक


  • पत्रपत्रिका
  • शुक्रबार, भाद्र २० २०७६

मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् ।

इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा युवराज पुरीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार