logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिधा कुराका प्रोड्युसर दिपकले दिए श्रेष्ठलाइ यस्तो जवाफ ‘चाहे भने मै जेल हाल्न सक्छु’


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०७६

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग गरेको टेलिफोन कुराकानी लिक भएपछि रवि लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सिधा कुरा जनता’सँगका प्रोड्युसर दीपक बोहराले यस बारेमा आफ्नो स्पष्टीकरण दिएका छन्।

फेसबुक स्टाट्स लेख्नै प्रोड्युसर बोहराले श्रेष्ठले ६ महिना पुरानो व्यक्तिगत कुराकानीको अडियो सार्वजनिक गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, किशोर श्रेष्ठ दाईले करिब ६ महिना पुरानो ब्यक्तीगत कुराकानीको अडियो सर्बजनिक गर्नु भएछ। अनुसन्धानमा रहेको भिडियो त हात पार्न सक्ने पावरफुल किशोर श्रेष्ठलाई मेरो नितान्त पर्सनल कलको रेकर्ड सार्वजनिक गर्दा के कानुन लाग्थ्यो र?उहाले चाहने हो भने त उल्टो मै जेल जान सक्छु।

किशोर दाई, मैले विवाद अन्त्य गर्न सकिन्छ कि भनी आशय बुझ्न कुराकानी गर्दै किन पर्सनल जिन्दगीमा प्रहार गर्नु हुन्छ भनेर सदासयता राखी गरिएको कुराकानी हो त्यो।जहाँ मैले धेरै तपाईंको सुनेको रहेछु,थोरै आफ्नो भनेको रहेछु।जिस्केर जागिर नै दिनुस न समेत भनेको रहेछु।प्रेस काउन्सिलको का.बा.अध्यक्ष जस्तो पदमा आशिन मान्छेलाई यस्तो पर्सनल कल समेत हतियार बन्दो रहेछ। त्यो कुराकानी तपाईंको अन्तरवार्ता वा अफिसियल वार्ता थिएन जुन तपाईंले सार्वजनिक गर्नु भयो।सार्वजनिक नै गर्ने भए आउनुस,म संग अन्तर्वार्तामा सहभागी हुनुहोस्।

आधिकारिक अन्तर्वार्ता गरौ। किन चोरेर झुक्याएर रेकर्ड गरिएको अडियो कलको शाहारा लिनु हुन्छ ? अनुसन्धानको भिडियो हत्याउने, प्राईभेट कल सार्वजनिक गर्ने जस्तो नै तपाईंको परिचय हो भने भन्नू केही छैन। होईन भने लुकेर होइन खुलेर आमने सामने अन्तर्वार्ता गरौ ।

https://m.facebook.com/deepak.r.bohara/posts/10221040558871462

 

https://m.facebook.com/story.php?story_fbid=10221040558871462&id=1467433178

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार