logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

युवाको वैठकमा विप्लवको निर्देशन, दलाल र भ्रष्ट बिरुद्ध निर्मम बन्नुस


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको धौलागिरीले दलाल एब भ्रष्टचारीलाइ निसाना बनाउदै संघर्षको घोषणा गरेको छ ।

धौलागिरीको ब्यूरोको एक अज्ञात स्थलमा बसेको बैठकले उक्त निर्णय गरेको धौलागिरी ब्युरोले जनाएको छ । नेकपाको केन्द्रिय नेता ध्रुव घिमिरे ‘विप्लव’को बिशेष उपस्थिति रहेको बैठकले धौलागिरी ब्युरो भित्रका दलाल एब भ्रष्टाचारीको सुची तयार गरेर कार्वाहीलाइ तिब्र बनाउने निश्कर्ष निकालेको जनाएको छ । बैठकमा विप्लवले अब दलाल र भ्रष्ट लाइ केन्द्रित गरेर संघर्ष संचालन गर्न निर्देशन दिएको स्रोतको दाबी रहेको छ । युवाका धौलागिरी इञ्चार्ज भाष्कर मल्लले देश जनता प्रती जिम्मेवार हुदै युवाहरुलाइ ब्यापक परिचालन गर्ने योजना रहेको बताएका छन ।

युवा संगठनले तीन महिने अभियान संचालन गर्ने जनाएको छ् । आगामी अभियानले धौलागिरी भरीमा  तीन सय नया युवा उत्पादन गर्ने जनाएको छ  । धौलागिरीका मुख्य स्थानहरुमा सय भन्दा बढि दलाल सरकार बिरुद्ध र एकीकृत जनक्रान्तिको पक्षमा भित्ते लेख्न गर्ने जनाएको छ्। अभियान अवधी भरमा  प्रचारप्रसार लाई तिव्र बनाउदै दलाल र भ्रष्ट केन्द्रित  संघर्ष संचालन गर्ने  जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार