राजनीति
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश आए लगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् ।
शुक्रबार दिउसो नेपाल ट्रेकिङ एजेन्सी संघ टानको कार्यक्रम सिध्याएर प्रचण्ड सिधै वालुवाटार पुगेका थिए । सोल्टी होटलबाट प्रचण्ड सोझै वालुवाटार पुगेका हुन ।
प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेका र ओली स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि,पार्टीका सकिएका र बाँकी कामबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी ओलीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार दिएर गएका थिए । प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए ।