logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

विप्लवको जनसत्ताद्धारा प्रचण्डलाइ १० बुँद्दे पत्र हेर्नुस्


  • अखिल बिश्वकर्मा
  • शनिबार, भाद्र २१ २०७६

तत्कालीन नेकपा(मा’ओवादी) तथा वर्तमान प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको जन’सत्ताले जनताको जन जिबिका सग सम्बन्धि माग हरु राखेको थियो । आज भन्दा ठिक तिन वर्ष अगाडी प्रधानमन्त्री प्र’चण्ड  थिए भने वि’प्लव नेतृत्वको नेकपा मा’ओवादीको मुल नेतृत्व वि’प्लवले गरेका थिए । जनताको दैनिक जिवनसग जोडिएको बिषय राखेर १० बुदा सहितको ज्ञापन पत्र बुझाएको थियो । यद्यपि सरकारले उक्त बिषयलाइ सम्बोधन गर्ने खास रुची भने देखाएको थिएन र छैन ।
वि’प्लवको तत्कालीन जन’सत्ताका प्रमुख सन्तोष बुढा मगरले सिंहदवारमा पुगेर प्रचण्डलाइ ज्ञापन पत्र बुझाएको थियो । पत्र बुझाउन स्थायी समिती सदस्य धमेन्द्र बास्तोला सहित सिंहदवारमा पुगेको थियो ।

हेर्नुस के थियो पत्रमा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यु,
प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, काठमाण्डौ ।

बिषय– जनताको खाद्य सम्प्रभूता, जनजिवीका र राष्ट्रियताको रक्षा गरियोस् ।

सम्माननीय प्रधानमन्त्री ज्यू्, यहाँलाई अवगत नै छ कि नेपाली जनताको जनजिवीका अत्यन्त क’ठिन अबस्थामा छ । सरकारी तथ्याङ्क अनुसार पनि अहिले नेपाली जनताको आर्थिक स्थिति भ’याबह छ । नेपाल राष्ट्र बैङकको आर्थिक बर्ष २०७२/७३ को आर्थिक प्रतिबेदन हेर्दा पनि यो तथ्य स्पष्ट हुन्छ कि कुल गार्हस्थ उत्पादनको ३२ प्रतिशत विप्रेषणबाट जम्मा हुने गर्दछ । संसारका वि’पन्न देशको पंतिमा रहने गरी नेपाली जनताको प्रति व्यक्ति आय केवल ७६६ अमेरिकी डलर रहेको अवस्था छ । जतिबेला देशमा आर्थिक मन्दी ९.९ प्रतिशत रहेको अवस्था छ त्यो अवस्थामा तलव तथा मजदुरी ५.८ प्रतिशतले मात्र वृद्धि हुने गरेको छ ।

देशको आयात निर्यात प्रणाली अत्यन्त अ’सन्तुलित प्रकारको रहेको छ । भारतबाट आयात ४७७.२ अर्ब डलर रहेको छ भने भारतमा निर्यात ३९.५ अर्ब डलर रहेको छ । त्यसैगरी चीनबाट आयात ११५.७ अर्ब अमेरिकी डलर बराबर हुने गरेको छ भने चीन तर्फ निर्यात केवल १.७ अर्ब डलर बराबर हुने गरेको छ । दुई छिमेकी देश बाहेक अरु देशबाट आयात १८०.७ अर्ब डलर बराबर रहेको छ र अरु देशमा निर्यात २८.९ अर्ब डलर बराबर रहेको छ । यसरी देशको कुल बिनीमय ८४३.७ अर्ब अमेरीकी डलर रहेकोमा कुल आयात ७७३.६ अर्ब डलर रहेको छ र कुल निर्यात ७०.१ अर्ब डलर हुने गरेको छ । यो तथ्यांकबाट स्पष्ट हुन्छ कि देशको आयात ९१ प्रतिशत रहँदा निर्यात केवल ९ प्रतिशत रहने गरेको छ ।

यसप्रकारको असन्तुलित विनिमय प्रणालीले देशको जनजीबन दु’स्प्रभाबित भएको छ । देशमा मूल्यबृद्धि आकाशिएको छ, भ्रष्टा’चार बढेको छ । प्रतिबर्ष मूल्य बृद्धि १० प्रतिशत भन्दा बढी छ । यस प्रकारको मूल्यबृद्धि आमा र बच्चाको जीबनकालागि अत्याबस्यक खाद्यपदार्थ दलहनमा ३२.७ प्रतिशत र घीउ तथा तेलमा १९.५ प्रतिशत हुने गरेको छ । नेपालको जस्तै अर्धसामन्ती अर्धऔपनिबेशिक उत्पादन सम्बन्ध रहेको भारतमा समेत आर्थिक मन्दी केबल ५ प्रतिशतमा सिमीत रहने गरेको छ ।

नेपाली जनताको कुल आएबाट खानामा ४० देखि ५० प्रतिशतसम्म खर्च हुने गरेको छ, जबकि बिकशित देशहरुमा त्यसको प्रतिशत केबल १० देखि १५ प्रतिशतमा सिमीत रहने गरेको पाईन्छ । आमदानीको ठुलो हिस्सा खानामा खर्च हुने भएपनि त्यसबाट प्राप्त उर्जा अन्य मुलुकको भन्दा कैयौ गुणा न्युन छ । बिकशित देशहरुमा प्रतिब्यक्ति प्रतिछाक औषत उर्जा २४०० क्यालोरी पुग्ने गरी खाना पाईन्छ भने नेपालको खानामा औशत उर्जा केबल ११०० क्यालोरी रहने गरेको छ । नेपालीले खाद्यान्नमा मात्र आफ्नो कुल आएको ५० प्रतिशत खर्च गर्छन भने उपचार, शिक्षा, लत्ता–कपडा, यातायात जस्ता क्षेत्रमा गर्ने खर्चको जोहो समेत गर्न नसक्ने अबस्था छ । आर्थिक बि’पतन्नताको कारण नेपाली जनताकालागि मनोरन्जन, तीर्थाटन तथा पर्यटन कल्पना भन्दा बाहिरका बिषय बन्ने गरेका छन ।

नेपाली जनताकालागि यो दुर्भाग्’यको कारण दला’ल पूजीबादी उत्पादन सम्बन्ध हो भत्रे तथ्य सम्माननिय प्रधानमन्त्रीकालागि नयाँ कुरा होईन । देशका प्राय सबै उद्योगहरुको नीजीकरण गरीनु, राष्ट्रिय पूँजीपतिबर्गलाई राज्यबाट संरक्षण गर्न नसक्नु, देशको बिक्तिय संरचना सम्पूर्ण रुपले बिदेशी एकाधिकारबादी पूजीपतिको हातमा सुम्पनु, कृषि प्रणालीलाई पूर्णरुपले धा’रासाही बनाउनुले देशको यो दु’र्ग’ति भएको तथ्य स्पष्ट छ । जसको परिणाम देशमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता संबेदनशील र जनताका नैसर्गिक अधिकारका क्षेत्रमा ब्यापारिकरण हुने गरेको छ र देशको आर्थिक आधार र राजनैतिक उपरिसंरचनामा दलाल पूजीपति, मा’फिया, त’स्कर तथा उनका प्रतिनीधिहरुको च’क्चकी चलीरहेको छ । यहाँ जनतालाई बिगतका शासन ब्यबस्थामा जस्तै अस’हाय, नी’रीह र आवाजबीहीन बनाईदै गरीएको छ ।
देशका प्राकृतिक सम्पदाहरु धमाधम बिक्रि गरीएका छन र पुराना सहमतिहरुलाई खारेज गर्नुको सट्टा त्यसमा अरु राष्ट्र’घात गरीने ख’त’रा हरेक सरकारको कुर्चीको छि’नाझप्टीसंग गाँसीएर आउने गरेका छ । कोशी सम्झौताबाट जनताको सम्पत्ति हरेक बर्ष डु’बिरहेको छ, गण्डक सम्झौताले हरेक स्वाभिमान नेपालीको छाती चि’रीरहेको छ , महाकाली सम्झौताले हरेक नागरिकलाई आ’त्मग्ला’नीको भारी बोकाई रहेको छ । नेपाल सरकारलाई पुरै बेवास्ता गरी छिमेकी देश भारतले तराई क्षेत्र डुबाउने गरी एकलौटी रुपमा बाँधको निर्माण गरेको छ । रणनैतिक हिसाबले नेपालको अर्थ ब्यबस्थालाई कम्जोर पार्ने, सा’म्राज्यबादी र बि’स्तारबादीहरुको निगाहमा चल्ने सत्तालाई मा’फियाहरुको हातबाट गुम्न नदिने, नेपाली जनतालाई सदैब गरीब र भि’कारी बनाईरहने कु’त्सीत लक्षमा आधारित भएर गरीएका माथिल्लो कर्णाली, अरुण तीन, माथिल्लो मस्र्यादी जस्ता जलसम्पदा सम्बन्धी राष्ट्रघा’ती सम्झौताहरु तथा नेपालको आन्तरिक शुरक्षामा खलल पु¥याउने ए’कीकृत शु’रक्षा सबन्धी गरीएका सहमतिहरु, ब्यक्तिगत सम्पत्तिको नाममा चुरे तथा महाभारतका बिशाल जमिन र प्राकृतिक सम्पदा बिदेशी एकाधिकारबादी बित्तिय संस्था, ब्यक्ति तथा उद्योगहरुलाई बेच्ने सरकारी नीतिहरु खारेज गर्नुको सट्टा त्यसप्रकारको राष्ट्र’घात थपिंदै जाने खत’रा’मा कहिँ कतै कमि आएको छैन । यो नेपाल र नेपाली जनताकालागि भ’या’नक अबस्था हो ।

जनता माथिको लु’टख’सोट संस्थागत र कानुन सम्मत बनाईएको छ । उदाहरणकालागि रम्सौलमा प्रतिलीटर नेरु ४२.३३ मा खरीद गरीएको पेट्रोल काठमाण्डौमा ९७ रुपियाँमा बिक्री गरीएको छ, जो १३० प्रतिशत बढी हो । नेरु ४३.१८ मा खरिद गरीएको डिजेल ७३ मा बेच्ने गरिएको छ, जो १६९ प्रतिशत मूल्य बढी हो । त्यस्तै ४१.२३ मा खरीद गरीने मट्टीतेल रु ७३ मा बेचीएको छ, जो १७७ प्रतिशत बढी हो र नेरु ७१४.०२ पर्ने ग्याँस सिलीन्डर १३२५मा बिक्री मूल्य निर्धारण गरीएको छ जो १८६ प्रतिशतले बढी हो र शतप्रतिशत भन्दा बढी मूल्य लिनका लागि कानुनी तरिकाले मूनाफाका लागि अनेक प्रकारका करहरुको ब्यबस्था गरीएको छ जसबाट नेपाली जनताले मा’फियाहरुको लु’टखसोट बाहेक कहिल्यै कुनै सुबिधा पाएका छैनन । मागहरु
खाद्य बस्तुहरुमा
क्रसं खाद्य पदार्थ हालको मूल्य हुनु पर्ने मूल्य
१ चामल, दाल, तेल, चीनी, पीठो देशभर फरक/फरक रहेको ५० प्रतिशत कम गर्नु पर्ने २ तरकारी, फलफुल देशभर फरक/फरक रहेको ५० प्रतिशत कम गर्नु पर्ने
३ दुध,मासु देशभर फरक/फरक रहेको ५० प्रतिशत कम गर्नु पर्ने ४ मसला देशभर फरक/फरक रहेको ५० प्रतिशत कम गर्नु पर्ने । पेट्रोलियम पदार्थहरुमा

विवरण पेट्रोल प्र.लि. रु. डिजेल प्र.लि.रु मट्टीतेल प्र.लि. रु एल.पी. ग्यास प्र. सि.रु. खाली सिलीन्डर रु.
क्रय मूल्य ४२.२३ ४३.१८ ४१.२३ ७१४.०२ १०००
ह्रास ह्राषि ००.५० ००.५० ००.५० ००.५०
व्यापारीलाई नाफा ०३.५० ०२.३३ ०२.६० २३२.५० २०० ह्रास ह्राषि ००.५० ००.५० ००.५० ००.५०
हुनु पर्ने मूल्य ४८.५३ ४८.२० ४६.५२ ९४७.०२ १२००
ल्ुट भएको रकम प्र.लि. ४८.४७ २४.८० २६.४८ ३७७.९८ १३००

१. माथि उल्लेख गरिएको खाद्य संम्प्रभुताको प्रत्याभूत गर्न हरेक खाद्यबस्तुहरुमा ५० प्रतिशत सहुलियत दिने ब्यबस्था गरीयोस् । २. किसानको सम्पूर्ण उत्पादन राज्यबाट खरिद गरी उपभोक्तामा पु¥याउने व्यवस्था गरियोस् । किसानलाई उचित मूल्य दिने व्यवस्था गरियोस् ।
३.दलाल पूँजिवादी उत्पादन सम्वन्धका कारण बिचौलीया तथा दला’लको रुपमा ब’द’नाम हुन विवश उद्यमी, व्यापारी र सृजनशील नागरिकलाई उपयुक्त व्यवसाय, उद्योग एबं जागिरको ब्यबस्था गरियोस् । ४. माथिल्लो कर्णाली, अरुण तीन, माथिल्लो मस्र्यादी, कोशी उच्च बाँध लगायतका बिदेशीलाई दिईएका नदी सम्बन्धी जलसम्झौताहरु तुरुन्त खा’रेज गरीयोस् । जीएमआरलाई दिईएको माथिल्लो कर्णाली जलविधुत परियोजना खारेज गरी राज्यले ४१८० मेघावाट बिजुली उतपादन, बहुआयामिक तथा राष्ट्रिय सम्पत्तिको मेरुदण्ड बनाउन सरकारबाट निर्माण कार्य सुरु गरियोस् ।
५. कोशी तथा गण्डक बाँधले डुबानमा पारेका नपालको भ–ूभागको स्थितिलाई दृष्टिगत गरी त्यसको क्ष’तिपू’ति लिने ब्यबस्था गरियोस् । भारतबाट नेपाली सीमा क्षेत्रमा अन्तराष्ट्रिय काननुको उलंघन गरी अना’धिकृत रुपमा बनाइएका बाँध भत्का’उन सरकारी पहल गरियोस् ।       ६. नेपालको एकीकृत सुरक्षा योजना भारतको नियन्त्रणमा दिने ष’ड्यन्त्र खा’रे’ज गरियोस् ।
७. काठमाण्डौ निजगढ जोड्ने फास्ट ट्रयाकमा देशलाई कं’गाल बनाउने गरी भारतलाई दिने ष’ड्य’न्त्र खारे’जगरी नेपाल सरकारबाट निर्माण गर्न सुरु गरियोस् ।  ८. एकाधिकार पूँजीपतिहरुलाई बे’चीएका राष्ट्रिय उद्योगहरु राष्ट्रियकरण गरी पुनः सञ्चालान गरियोस् ।
९. कृषिको औद्योगिकरण, आधुनिकिकरण गर्न सरकारबाट तुरुन्त पहल गरियोस् । त्यसका लागि सम्पूर्ण उत्पादनशील जमिन राष्ट्रियकरण गरी सा’मन्ती उत्पादन सम्बन्धको अ’न्त्य गरियोस् ।
१०. सम्पूर्ण जनताको वैज्ञानिक आवास, वैज्ञानिक कृषि उत्पादन तथा वितरण व्यवस्था गरी भूकम्प पी’डि’तका समस्याको वैज्ञानिक समाधान गरियोस् साथै सु’कुम्वासी, भूमि’हिन, वेरोजगारी हुने अवस्थाको अ’न्त्य गंरियोस् ।
सम्माननीय प्रधानमन्त्री ज्यू , उपरोक्त मागहंरु यथाशिघ्र पुरा नगरिएमा हाम्रो पार्टी सं’घर्ष’मा जान वांध्’यहुने कुरा पनि अवगत गराउदछौं ।

धर्मेन्द्र बास्तोला स्थायी समिति सदस्य केन्द्रीय समिति
नेपाल कम्यूनिष्ट पार्टी (मा’ओवादी) र सन्तोष बुढामगर
केन्द्रीय जन’परिषद, नेपाल २१ भाद्र ०७३

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार