राजनीति
छिमेकी मुलुक चीनका विदेश मन्त्री वाङ यी आज काठमाडौं आएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उनी आज आइतबार नेपाल भ्रमणमा आएका हुन् ।
आइतबार र सोमबार नेपालमै रहने वाङले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ ।
विदेशमन्त्री यी आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् ।