logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लब नेकपा तनहुँका एक कार्यकर्ता मणिपाल अस्पतालबाटै गिरफ्तार


  • राजनीति
  • मंगलबार, भाद्र २४ २०७६

तनहुँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तनहुँ जिल्ला सचिवालय सदस्य विलाश परियारलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ ।

पार्टीका जिल्ला ईञ्चार्ज पूर्णजीत पुन र सेक्रेटरी अजितद्वारा जारी विज्ञप्तिमा स्कुटर दुर्घटनामा परी घाइते परियारलाई उपचार गर्दागर्दै मणिपाल शिक्षण अस्पताल पोखराबाट पक्राउ गरेको आरोप लगाइएको छ ।

गत शनिबार बेलुका दुर्घटनामा परेर घाइते परियार एक हप्ता उपचार गराउनुपर्ने चिकित्सकको सुझावपछि उपचार गराइरहेका थिए । अस्पतालबाटै उनलाई प्रहरीले पक्राउ गरेको पुनले बताएका छन् । विज्ञप्तिमा युद्धकै आधारभूत नियममा पनि उपचार गर्न दिइनुपर्नेमा अमानवीय काम भएको भन्दै प्रहरीको भत्र्सना गरिएको छ ।

प्रहरीले भने उनलाई आइतबार शुक्लागण्डकी नगरपालिका वडा नं। ४ दुलेगौडा बीपी चोकबाट पक्राउ गरेको दाबी गरेको छ । प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार