logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एनसेलबारे फैसला गर्नेे न्यायाधीशलाई महाअभियाेग लगाउ : नेता गुरुङ


  • राजनीति
  • मंगलबार, भाद्र २४ २०७६

सत्तारूढ दल का नेता तथा पुर्वमन्त्रि देब गुरुङले सर्वोच्च अदालत का न्यायाधीशलाई महाअभियाेग लगाउन माग गरेका छन् ।

सर्वाेच्च अदालतले एनसेललाई राज्यलाई तिर्नु पर्ने ६५ अर्ब रकम तिर्नु नपर्ने फैसला गरेपछि यसको चौतर्फी बिरोध भईरहेको छ । यसबीच आज आईतबार बसेको संसदको बैठकमा पनि एसनेल र सर्वाेच्चको फैसलाबारे कुरा उठेको छ । सांसदहरुले राज्यलाई अर्बौँ घाटा हुने गरी एनसेलको पुँजीगत लाभकर घट्ने गरी सर्वोच्चले गरेको फैसलामाथि छानबिन गर्न माग गरेका छन् ।
बैठकको शुन्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले एनसेलको शेयर खरिद बिक्रीबारे सर्वोच्च अदालतले गरेको फैसलामा अर्बौँ घोटाला भएको दाबी गरेका छन् । उनले सर्वोच्चले आफ्नै पूर्व फैसलाविरुद्ध गरेको आदेशलाई सच्याउने प्रक्रिया थाल्न सरकारसँग माग गरेका हुन् ।
उनले भने “भदौ ९ गते एनसेलको पुँजीगत लाभकरबारे सर्वोच्चले दिएको आदेशले अर्बौँको घोटाला गराएको छ। माघ २३ गतेको आदेश विपरीत छ। यो आदेशप्रति सरकारले पुनरावलोकनका लागि अपिल गरोस्” । यसैगरी सांसद हृदेश त्रिपाठीले पनि सर्वाेच्चको फैसलाप्रति आपत्ति जनाए । यसैगरी नेमकिपाका सांसद प्रेम सुवालले एनसेललाई लाभकरमा छुट दिने गरी आदेश दिने सर्वोच्चका न्यायाधीशमाथि छानबिन गर्न माग गरे। सुवालले कार्यदल बनाएर न्यायाधीशहरुमाथि महाअभियोग लगाउन तयारी थाल्न संसदको ध्यानाकर्षण गराए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार