राजनीति
पोखरा/ मुख्य मन्त्रीका दाबेदार रहेका एउटै पार्टीका दुई नेता वीच भागवण्डा नमिल्दा ४ नम्बर प्रदेशमा एमालेले आलोपालो मुख्यमन्त्री बनाउने भएको छ ।
दुवै नेताले मुख्यमन्त्रीमा दाबी नछाडेपछि आधा–आधा कार्यकाल बाँड्ने गरी सहमति जुटाउन रविन्द्र अधिकारीलगायतका नेताले शीर्ष नेतालाई सुझाएका
पाँचवर्षे कार्यकालमा आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने लगभग सहमति भइसकेको छ, अब पहिलो कार्यकाल कसले लिने भन्ने मात्र हो दुई नेतालाई मिलाउन मध्यस्थता गरिरहेका एक एमाले नेताले भने
प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ दुबैको दाबी छ । किरण वामदेव गौतम निकट हुन् भने पृथ्वीसुब्बा केपी ओलीनिकट हुन् ।
किरण र पृथ्वीसुब्बा दुबै पूर्वमन्त्री भइसकेका सिनियर नेता हुन् । किरण पूर्ववनमन्त्री हुन् भने पृथ्वी पूर्वपर्यटन मन्त्री ।
पहिलो कार्यकाल वर्णानुक्रम अनुसार, पार्टीको पद अनुसार वा गोलप्रथा के आधारमा तय गर्ने भन्ने कुरा मिलाउन बाँकी रहेको एमाले स्रोतले बतायो ।