logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव पुत्र प्रकाश सहित १५ जना गिरफ्तार (भिडियो सहित)


  • राजनीति
  • बुधबार, भाद्र २५ २०७६

सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।
सो क्रममा अन्य दुईजना भिडियो खिच्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

प्रकाश मेडिकल कलेजको मनोमानी अन्त्य गर्ने भन्दै संघर्षका कार्यक्रमसहित नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द ठकुरी आन्दोलनमा होमिएका थिए । उनको नेतृत्वमा संघर्ष समिति समेत बनेको छ । उनकै निर्देशनमा चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक शाखामा ताला लगाएतका संघर्ष गर्दै आएकाछन ।

सीएमसीले अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा तालाबन्दी गरेको थियो। त्यस्तै, अतिरिक्त शुल्क र उचित पारिश्रमिकको माग पूरा नभएसम्म ताला नखोल्ने पनि समितिले जनाएको थियो ।

संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटक-पटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताएका थिर । प्रकाश नेत्र विक्रम चन्द विप्लवका छोरा हुन् । उनले सीएमसी मै एमबीबीएस अध्ययन गरेर इन्टर्नसिप गरिरहेका छन् ।

सीएमसीमा अध्यनरत एमबीबीएस, बीडीएस, बीएमएलटी र नर्सिङ संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रति विद्यार्थी लाखौं रुपैयाँ कलेजले असुल गरिरहेको बताउँदै आएका छन् । आईओएमले उपत्यकामा ४२ लाख र उपत्यका बाहिर साढे ४४ लाख शुल्क लिनुपर्ने प्रवधान गरे पनि अधिकांश मेडिकल कलेजहरुले अवैध शुल्क लिने गरेका छन् । अवैध शुल्कको विरोधमा विद्यार्थीहरुले पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको विद्यार्थी विवेक क्षेत्रीले बताए ।

संघर्ष समितिले केही दिनअघि मात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर देशव्यापीरुपमा प्रदर्शन गर्ने गरी अभियान अघि बढाएको छ । यस्तै चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले देशभरको मेडिकल कलेजको समस्या एउटै भएकाले चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गर्नुको अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।

न्यौपानले विद्यार्थीलाई दबाबमा राखेर आन्दोलनमा सहभागी गराइएको पनि दाबी गर्दै आएका छन्। तर, यो आरोपमा कुनै सत्यता नरहेको डा। प्रकाश चन्द ठकुरीले जनाएका छन् । उनकाअनुसार संघर्ष समितिले उठाएका जायज माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार