logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वडा अध्यक्षकाे कारमाथी आगजनी


  • राजनीति
  • शुक्रबार, भाद्र २७ २०७६

शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको बा २१ च ८५०७ नम्बरको नीजि कारमा गएराती अज्ञात समुहले आगजनी गरेको छ।

आगजनी बाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले बताए।  आगजनी गर्नेको खोजी कार्य भैरहेको उनले बताए। वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका रहेको बताए।

नगरपालिकाको वडा नं ६ मा बस्दै आएका सिंहको गाडी पार्किङ गरेर राखेको अबस्थामा आगजनी गरिएको बताईएको छ। दुई महिना अघि मात्रै वडा अध्यक्षले गाडी खरिद गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार