logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘विप्लव’ नेकपाका बर्दिया इञ्चार्ज र क्रान्तिकारीका अध्यक्ष पक्राउ


  • राजनीति
  • शुक्रबार, भाद्र २७ २०७६

पोखरा-नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार