राजनीति
पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन। उनले आफ्नो अवस्था ठीकठाक पाइएको पनि बताएका छन् ।
उनले अस्पतालमा उपचार गरिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै भनेका छन्, ‘‘बेलाबेलामा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गराइरहनु उपयुक्त हुन्छ । त्यही क्रममा आज शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा परीक्षण गराइयो । सबै ठीकठाक पाइयो । केन्द्रका निर्देशक डा। युवराज लिम्बु र डा। ज्ञानेन्द्र शाह, डा। सञ्जय केसी लगायत परीक्षणमा संलग्न सबैलाई हार्दिक धन्यवाद ।’’
उनले अगाडि भनेका छन्, ‘‘नेपालभित्रै विश्वस्तरको स्वास्थ्यसेवा उपलब्ध छ । सबैले बेलैमा उपयोग गरौं । गरिबलाई विशेष सहुलियत दिऊँ । धनीबाट आवश्यक असुल गरौं । सुस्वास्थ्य सबैको मौलिक अधिकार हो ।’’